पुनरावलोकनको माग गर्दै प्रचण्ड पुगे सर्वोच्च

prachanda

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका छन्।

एमाले र माओवादी एकीकृत भई बनेको नेकपा ऋषिराम कट्टेललाई बुझाउँदै पूर्वपार्टी ब्युँताउने सर्वोच्चको फैसला पुनरावलोकनको माग गर्दै प्रचण्ड मंगलबार बिहान रिट बोकेर अदालत पुगेका हुन्।

स्थायी कमिटीको बैठकले फैसला पुनरावलोकन गर्ने निर्णय गरेसँगै माओवादीले २३ फागुनमा सर्वोच्चको आदेश उल्ट्याउनका लागि प्रचण्डको माग छ।

एमालेमा साधारण सदस्य समेत नरहनेगरी ६ महिनाका लागि निलम्बन गरिएका माधवकुमार नेपाल र भिम रावलसँग सोमबार परामर्श गरेपछि मंगलबार प्रचण्ड सर्वोच्च अदालत पुगेका हुन्।

 

Comments

Top