आज यी स्थानमा प्राधिकरणले काट्दैछ बिजुली

nea

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज पनि मुलुकका विभिन्न स्थानमा विद्युत कटौती गर्दैछ ।

देशका विभिन्न स्थानमा मर्मतसम्भार गर्नु पर्ने भएकाले विद्युत कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार प्रदेश ५ र प्रदेश १ का तीनतीन वटा फिडरमा आज विद्युत कटौती हुनेछ ।

प्रदेश ५ को नेपालगञ्ज वितरण केन्द्रमा दिउँसो १२ः३०देखि ४ः३० सम्म सटडाउन हुनेछ । यसक्रममा न्यूरोड, गनेशपुर, धम्बोझी, सानीमा बैंक, पिपल चौतारालगायतका स्थानमा विद्युत कटौती हुनेछ ।

यस्तै नेपालगञ्जकै एयरपोर्ट फीडरमा ११ बजेदेखि १२ः३० बजेसम्म विद्युत सटडाउन हुँदा सुर्खेत रोडको पश्चिमी क्षेत्रलगायत अन्य स्थानमा पनि बत्ती जानेछ ।

प्रदेश १ को धरान वितरण केन्द्रको धरान फिडरमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत हुने छैन । जसबाट धरान वडा नम्बर १, ४, ८, ९, १०, १३, १३, १४ र १६ मा बत्ती जानेछ ।

 

Comments

Top