बालुवाटारमा ओलीनिकट सांसदको भेला, रामबहादुरले गरे मन्त्रीनिवासमा छुट्टै भेला

Oli_Samsad

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभामा रहेका आफू पक्षीय सांसदहरूसँग छलफल गरेका छन्।

प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको बैठकमा राष्ट्रिय सभाका समेत सांसद उपस्थित भएका थिए । उक्त भेलाले प्रधानमन्त्रीले घोषणा गरेको आगामी निर्वाचनमा कसरी जाने र अन्य राजनीतिक दलसँगको सम्बन्धका बारेमा छलफल पनि भएको जनाइएको छ ।

उक्त बैठकमा गृहमन्त्री रामबहादुर थापा उपस्थित नभएको जनाइएको छ । थापाले आफू निकट सांसदहरुलाई मन्त्री निवासमै बोलाएर छलफल गरेको जनाइएको छ । पूर्वमाओवादीबाट सांसद भएकाहरूमध्ये अहिलेसम्म उद्योग मन्त्री लेखराज भट्टमात्रै बालुवाटार पुगेका छन्।

यसैबीच पचण्ड र माधव नेपाल गुटले पनि आफू निकट सांसदहरुको भेला बोलाएका छन् । दिउँसो १ बजे समय तोकेर बोलाइएको भेलाले प्रधानमन्त्री ओलीको कदमप्रति छलफल गर्ने र त्यसको प्रतिबाद कसरी गर्ने भन्ने विषयमा केन्द्रीत रहने जनाइएको छ ।

 

Comments

Top