नेकपा सचिवालय बैठक दिउँसो १ बजे बस्दै, अध्यक्षद्वयको प्रतिवेदनमाथि आज टुंगो लाग्ने !

N_MN

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दैछ ।

महासचिव विष्णु पौडेलको जन्मदिनको केक काट्दै सुरु भएको मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आज दिउँसो १ बजेका लागि फेरी बस्ने गरी सचिवालय बैठकको समय तोक्ने निर्णय गरेको थियो ।

मंगलबारको बैठकमा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालद्वारा पेश गरिएको प्रतिवेदनका बारेमा छलफल सुरु भएको थियो । लामो समयदेखि देखिएको विवादित सो प्रतिवेदनबारे बुधबारको बैठकले टुंगो लगाउने अपेक्षा पनि गरिएको छ । 

छलफलका क्रममा सचिवालय सदस्यहरुबीच सामान्य चर्काचर्की भएको पनि बैठकमा सहभागी एक सचिवालय सदस्यले बताए । उनले भने, ‘दुवै अध्यक्षज्यूहरुको प्रतिवेदनका बारेमा छलफल सुरु भएको छ, छलफलका क्रममा सामान्य चर्काचर्की भए पनि प्रतिवेदनका बारेमा छलफल जारी नै छ ।’

दुवै अध्यक्षको प्रतिवेदनका बारेमा छलफल सुरु भएपनि सो विषयमा छलफलमै रहेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

Comments

Top