बौंदीकालीमा १५ शैयाको अस्पताल शिलान्यास

baudikali

नवलपुर । नवलपुरको बौंदीकाली गाउँपालिकामा बन्न लागेको अस्पतालको आज शिलान्यास हुँदैछ । नवलपुरजिल्ला अन्तर्गतको पहाडी गाउँपालिका बौंदीकाली गाउँपालिकाको रकुवा हेल्थ पोष्टको स्तोरोन्नतीस्वरुप १५ शैयाको अस्पताल बन्ने भएको हो ।

देशभरका ३९६ पालिकामा आधारभूत अस्पताल निर्माण गरिने लक्ष्यसहित एकैदिन शिलान्यास गरिने कार्यक्रमअन्तर्गत नवलपुरका तीनवटा स्थानीय तहमा पनि १५÷१५ शैयाको अस्पताल निर्माण गरिने भएको हो ।

नवलपरासीको गैंडाकोट नगरपालिका, देवचुली नगरपालिका र बौंदीकाली गाउँपालिकामा अस्पताल निर्माण गरिने भएको छ ।

सरकारले देशभरका पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ अस्पताल भवन शिलान्यास गर्न लागेको हो ।

बजेट भाषणका क्रममा गरिएको घोषणा कार्यान्वयनका क्रममा सरकारले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ पालिकामा पाँचदेखि १५ शैय्याको अस्पताल बन्ने जनाएको छ।

सरकारले यसै आर्थिक वर्षमा सातवटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने घोषणा बमोजिम सातवटै प्रदेशमा ५० शैय्याको सरुवा रोग अस्पताल भवनको पनि शिलान्यास गर्नेछ ।

सरुवा रोगका बिरामीले प्रदेशमा सेवा पुर्‍याउने उद्देश्यले सरकारले यसै आर्थिक वर्षमा अस्पतालका लागि बजेट विनियोजन गरेको हो ।

अहिले सङ्घमा एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रहेको छ । पालिकामा बन्ने अस्पताल भवनको सङ्घीय सांसद र पालिकाका प्रमुखले पनि शिलान्यास गर्नेछन् ।

 

Comments

Top