विश्वमा कोरोना संक्रमित ६ करोड १९ लाख बढी, १४ लाख ४८ हजार बढीको मृत्यु

world-corona

काठमाडौं । विश्वमा कोरोना संक्रमित संख्या ६ करोड १९ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ६ लाख ११ हजार २२ जना नयाँ संक्रमित थपिएसँगै हालसम्म विश्वमा संक्रमितको संख्या ६ करोड १९ लाख ६५ हजार ५ सय २९ जना संक्रमित पुगेका छन् ।

गत २४ घन्टामा विश्वमा १० हजार ८ सय १४ जनाको कोरोना भाइरसकै कारण मृत्यु भइसकेको छ । यसँगै हालसम्म विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ लाख ४८ हजार २ सय ८७ पुगेको छ ।

संक्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा पुगेका छन् । अमेरिकामा हालसम्म १ करोड ३४ लाख ५२ हजार ४ सय ५२ जना संक्रमित भइसकेका छन् भने २ लाख ७१ हजार २६ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा पछिल्लो २४ घन्टामा मात्र १ लाख ६२ हजार २ सय १० जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार ३ सय ६४ जनाको मृत्यु भइसकेको छ ।

अमेरिकापछि धेरै संक्रमित हुनेमा नेपालको छिमेकी मुलुक भारत रहेको छ । भारतमा हालसम्म ९३ लाख ५१ हजार २ सय २४ जना संक्रमित पुगेका छन् भने १ लाख ३६ हजार २ सय ३८ जनाको मृत्यु भइसकेको छ ।

हालसम्म विश्वमा ४ करोड २७ लाख ८२ हजार ४ सय ९० जना कोरोनमुक्त भइसकेका छन् ।

Comments

Top