पौडेललाई कालोझण्डा देखाएकोमा नेकपा रुपन्देहीको आपत्ति

rupandehi

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेललाई नेपाली काँग्रेस रूपन्देहीले कालोझण्डा देखाएको भन्दै नेकपा रूपन्देहीले गम्भीर आपत्ति प्रकट गरेको छ ।

नेकपा रुपन्देहीले बुधबार एक विज्ञप्ती जारी गर्दै मन्त्री पौडेललाई कालोझण्डा देखाएकोमा आपत्ति जनाएको हो ।

नेकपा रुपन्देहीका प्रवक्ता मोहन चापागाईंद्वारा जारी विज्ञप्तीमा शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न पाउने अधिकार प्राप्ति र संरक्षणको लडाई सँगसँंगै लडेको स्मरण गराउँदै जिल्लाका विकास आयोजनाहरूको उदघाटन, शिलान्यास र अनुगमनको शिलशिलामा रहेका अर्थमन्त्रीको बिरोध गरेर कांग्रसले आफुलाई यी सबै बिकास प्रयासहरूको बिपक्षमा खडा गर्न चाहेको त होईन ? भनेर गम्भीर प्रश्न खडा भएको उल्लृख छ । यस सन्दर्भमा नेपाली कांग्रेसलाई आफ्नो धारणा स्पष्ट गर्न नेकपा रुपन्देहीले आग्रह गरेको छ ।

Comments

Top