आईपीएलः 'युनिभर्सल बोस'को ९९ रन काम लागेन, आज जित्नै पर्ने दबाबका साथ मुम्बईविरुद्ध दिल्ली

rajesthan

युएई । 'युनिभर्सलल बोस' क्रिस गेलको विस्फोटक ९९ रनको पारि व्यर्थ भएको छ । जारी आईपीएलको १३ औं संस्करणको आफ्नो १३ औं खेलमा गेलले राजस्थान विरुद्ध शतक बनाउनमा १ रनबाट चुकेको अवस्थामा राजस्थान रोयल्सलाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेका थिए ।

शेख जायद क्रिकेट स्टेडियममा पन्जाबका लागि गेलले ९९ रन बनाएर दिएको १८५ रनको लक्ष्य राजस्थान रोयल्सले पूरा गर्दै आईपीएलको प्लेअफ सम्भावनालाई कायमै राखेको छ । उक्त लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो।

राजस्थानको जितमा बेन स्टोक्सले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सन्जु सामसनले ४८ रन जोड्दा रोबिन उथप्पाले ३० रन बनाए । कप्तान स्टिभ स्मिथ ३१ रनमा अविजित रहदा जोस बट्लर २२ रनमा अविजित रहे ।

पन्जाबका मुरुगान आश्विन र क्रिस जोर्डनले १र१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो ।

पन्जाबका लागि क्रिस गेलले ९९ रनको अर्धशतकीय इनिङ्स खेले । शतक बनाउन एक रनले चुकेका गेलले ६३ बलमा ८ छक्का र ६ चौका प्रहार गरे पनि पञ्जावको हार टरेन ।

यस्तै कप्तान केएल राहुलले ४६ रन जोड्दा निकोलस पुरनले २२ रन बनाए । ग्लेन म्याक्स्वेलले अविजित ६ रन जोड्दा मन्दिप सिंह शुन्य रनमा आउट भए ।

पन्जाबलाई हराएसँगै राजस्थान तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । जितसँगै राजस्थानले प्ले अफ सम्भावना कायम राखेको छ । राजस्थानले १३ खेलमा १२ अंक जोडेको छ ।

पन्जाबले पनि १३ खेलमा १२ अंक नै जोडेको छ । पन्जाब तालिकाको चौंथो स्थानमा यथावत रहेको छ ।

आज नेपाली स्टार खेलाडी सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले यसअघि नै प्लेअफमा पुगिसकेको मुम्बई इन्डियन्ससँग खेल्नेछ । यद्यपि दिल्लीले अहिलेसम्म सन्दीपलाई कुनै पनि खेलमा स्थान दिएको छैन । दिल्लीले प्लेअफमा पुग्नका लागि जित्नै पर्ने दबाबका साथ मैदानमा उत्रनुपर्नेछ ।

दिल्लीको अर्को अन्तिम खेल विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध रहेको छ ।

Comments

Top