गुल्मीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप

gulmi
 
 
 
गुल्मी । गुल्मीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच आज झडप भएको छ । आफ्ना कार्यकर्ता कुटपीट गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरिरहेका कांग्रेस नेता कार्यकर्ता र प्रहरीबीच भएको झडपमा ६ जना घाइते भएका छन् ।
 
 
प्रशासन कार्यालयभित्र प्रवेश गर्न खोजेपछि प्रहरी र उनीहरुबीच झडप भएको जनाइएको छ । झडपमा कांग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ र नेता पूर्णबहादुर केसी र प्रहरीतर्फ प्रहरी निरीक्षक राजकुमार रावलसहित चार प्रहरी जवान घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
 
रेसुंगा नगरपालिका–१२ को रानीपोखरी निम्न माध्यमिक विद्यालयको विषयलाई लिएर कांग्रेसले प्रदर्शन गरेको थियो । यस विषयमा नेकपासँग बिबाद बढ्दै गएपछि नेकपाका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको कांग्रेसको आरोप छ ।

Comments

Top