देशभर थप ११५४ जना कोरोना संक्रमित, देशभर संक्रमित संख्या ६५ हजार २ सय ७६ पुग्यो

Corona_Update

 

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ११५४ जना नयाँ संक्रमित थपिएका छन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६५ हजार २७६ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ रहेको छ । पछिल्लो २४ घन्टामा देशभर ९ हजार ५ सय ३३ जनाको पीसीआर परिक्षण गरिएको जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप १००५ जना कोरोना मुक्त भएका छन् । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४७ हजार २ सय ३८ पुगेको छ ।

 

Comments

Top