अवैध लागू औषध चरेससहित २ जना पक्राउ

chares

 

काठमाडाैं । महानगरीय प्रहरी वृत्त महाराजगंज अन्तर्गतको महानगरीय प्रहरी प्रभाव गोंगबुको एक टोलीले लागू औषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

टोखा नगरपालिका वडा नं. ९ शिवमन्दिरस्थित सडकबाट धादिङ जिल्ला थाक्रे गाउँपालिका वडा नं. ३ घर बताउने अन्दाजी ४२ वर्षीय सानुकान्छा तामाङ र सोहीस्थानकी अन्दाजी २३ वर्षीया दिलकुमारी तामाङलाई ९ सय ८७ ग्राम अवैध लागू औषधचरेश सहित पक्राउ गरिएको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

पक्राउ परेका उनीहरु अबैध रुपमा लागुऔषध चरेश बेचबिखनको लागी साथमा बोकी पैदल हिडिरहेका भन्ने गोप्य सुचनाको जानकारी प्राप्त हुना साथ तत्काल महानगरीय प्रहरी प्रभाग गोंगबुबाट प्रहरी टोलि उक्त स्थानमा खटिएको थियो ।

टोलीले उनीहरुलाई फेला पारी तलासी लिँदा दिल कुमारी तामाङले बोकेको लेडिज ब्यागमा लुकाई छिपाई राखेको ९७८ ग्राम अबैध लागु औषध चरेश फेला परेको दशी प्रमाण सहित पक्राउ गरेको जनाइएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि पठाइएको जनाइएको छ ।

Comments

Top