डाक्टर भोला रिजालदम्पत्ति कोरोनामुक्त

bhola rijal

 

काठमाडौं । बरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर भोला रिजाल र उनकी पत्नी सरला कोरोना मुक्त भई डिस्चार्ज भएका छन् ।

२१ दिन अघि कोरोना संक्रमण पुष्टी भएपछि ह्याम्प अस्पतालमा भर्ना भएका दम्पती आइतबार डिस्चार्ज भएका हुन् ।

अस्पताल बसाइमा सरलामा केही दिन समस्या देखिए पनि आफ्नो अवस्था सामान्य नै रहेको डा. रिजालले बताए । उनका अनुसार पत्नी सरललाई केही दिन कृत्रिम अक्सिजन र रेम्डेसिभिर औषधि दिइएको थियो ।

अस्पतालबाट डिस्चार्ज भएपछि डाक्टर रिजालले कोरोनालाई सामान्य रुपमा नलिई हेलचेक्र्याई गर्न नहुने बताए ।

Comments

Top