नेपाली कांग्रेसका नेता घिमिरेलाई कोरोना संक्रमण

Bal_Krishna

 

काठमाडौं । नेपाली कांग्रेस नवलपुर (सुस्ता पूर्व) का एक नेतालाई कोरोना संक्रमण भएको छ ।

नवलपुर (सुस्ता पूर्व) नेपाली कांग्रेस पार्टी सचिव बालकृष्ण घिमिरेले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई कोरोना भएको पुष्टी गरेका छन् ।

घिमिरेले आफूलाई कोरोना संक्रमण पोजेटिभ देखिएकोले आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित र एकान्तबासमा रहनका लागि आग्रह समेत गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा यसरी लेखेका छन्, ‘आज विहान प्राप्त सूचना अनुसार covid -19 को प्रभावबाट म अछुतो रहन सकिन । समाज सेवामा समर्पित रहदै गर्दा मेरो सम्पर्कमा आउनु भएका सबै साथीहरुलाई सुरक्षित साथ एकान्त वासमा रहनु हुन र यथाशीघ्र परीक्षण गराउनु हुन सादर अनुरोध छ । सबैको जयहोस् ।
तपाइहरुको माया र आशीर्वादले चाडै निको भएर फर्कने छु ।

Comments

Top