एकैदिन संक्रमित सूचीमा नेपालले पाकिस्तानलाई उछिन्यो

NEP_Pak

काठमाडौं । नेपालले पछिल्लो २४ घन्टामा संक्रमित हुने सूचीमा पाकिस्तानलाई उछिनेको छ । पछिल्लो २४ घन्टामा सार्वजनिक गरिएको तथ्यांकअनुसार नेपालमा ५ सय ८१ जना नयाँ संक्रमित देखिएका छन् भने पाकिस्तानमा ४ सय ९८ जना नयाँ संक्रमित देखिएका छन् ।

विश्वमै १५ औं स्थानमा संक्रमित संख्या रहेको पाकिस्तानमा सार्कमा दोस्रो स्थानमा रहेको छ । पाकिस्तानमा हालसम्म २ लाख ९८ हजार २ सय १५ जना संक्रमित रहेका छन् भने ६ हजार १ सय ७५ ले ज्यान गुमाएका छन् ।

सार्क सदस्य राष्ट्रहरुमा भारतमा सबैभन्दा धेरै संक्रमित र मृतक संख्या पुगेको छ । भारतमा हालसम्म संक्रमितको संख्या २७ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ५४ हजार २ सय ८८ जना नयाँ संक्रमित थपिएसँगै हालसम्म २७ लाख १ हजार ६ सय ४ जना संक्रमित संख्या पुगेका छन् ।

त्यस्तै पछिल्लो एकदिनमा ८ सय ८० जनाको मृत्यु भएसँगै ५१ हजार ९ सय २५ पुगेको छ । भारतमा एशियामै सबैभन्दा धेरै संक्रमित र मृतक पुगेका छन् भने विश्वमै तेस्रो स्थानमा रहेको छ ।

हालसम्म विश्वमा २ करोड २० लाख ३५ हजार २ सय २६ संक्रमित पुगेका छन् भने ७ लाख ७६ हजार ८ सय ५२ जनाको मृत्यु भएको छ । त्यस्तै हालसम्म १ करोड ४७ लाख ७५ हजार २ सय १६ जना कोरोना मुक्त भएका छन् ।

Comments

Top