कोरोनाका कारण वीरगञ्जमा एकै दिन २ को मृत्यु

Died_Corona1

वीरगञ्ज । पर्सा जिल्लाको वीरगञ्ज– १५ मिस्वा बस्ने एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । भिस्वा बस्ने ४६ वर्षका पुरुषको वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

मधुमेह रोगबाट पीडित रहेका उनको साउन १८ गते गरिएको पीसीआर १९ गते पोजेटिभ रिपोर्ट आएको थियो । त्यसपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिए पनि बुधबार बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसअघि पर्साकै पोखरिया नगरपालिका वडा नं. ८ बस्ने एक १८ वर्षीया युवतीको पनि मृत्यु भएको छ । पखाला लागेर अस्पताल गएकी उनको मृत्यु भएपछि गरिएको स्वाब परिक्षणमा पोजेटिभ रिपोर्ट आएको थियो । यससँगै पर्सामा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

Comments

Top