पातञ्जल योग समितिले गुरुपुर्णिमा विशेष उत्सव मनाउँदै

patan jal

भक्तपुर । पातञ्जल योग समिति नेपालले गुरुपुर्णिमाको पावन अवसरमा विशेष उत्सव मनाउने भएको छ । गुरुपूर्णिमाको साँझ जुम वेबीनारमार्फत सुरू गरिने गुरुपुर्णिमा विशेष उत्सव कार्यक्रमलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय गिरिराजमणी पोखरेलले सम्वोधन गर्ने भएका छन् ।

वैदिककालदेखि नै गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै मनाईने यो दिन गुरुलाई शिष्यले सम्मान प्रकट गर्ने मह्त्वपुर्ण दिनको रुपमा मानिएको छ । यस दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरुले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा वुवा सरह मान्ने प्रचलन समेत रहेको पातञ्जल योग समिति नेपालका केन्द्रिय अध्यक्ष सुर्दशन सुवेदी बताउँछन ।

नेपाल सरकारका प्रदेश एवं संघिय माननीयहरु, योग क्षेत्रका विज्ञ व्यक्तित्वहरु लगायत आमन्त्रीत योगप्रेमीहरुका विच सम्पन्न हुने निर्धारित कार्यक्रमकमा सहभागीताको लागि आयोजक संस्थाले अपिल समेत गरेको छ ।

Comments

Top