पार्टी अध्यक्ष ओलीको पक्षमा देशभर उर्लियो जनसागर, जनमतको कदर गर्दै नेतृत्वलाई सहयोग गर्न कार्यकर्ताको माग

Chitwan

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको राजनीतिक घटनाक्रमका बारेमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा देशभर जुलुस एवं प्रदर्शन देखिएको छ । भक्तपुरबाट सुरु भएको समर्थकहरुको प्रर्दशन देशभर फैलिएको नेकपाका प्रभावशाली युवा नेता एवं नेकपाका केन्द्रीय सदस्य एवं भक्तपुर क्षेत्र नं. २ का सांसद एव) युवा नेता महेश बस्नेतले जानकारी गराए ।  

शुक्रबार भक्तपुर, चितवन, पश्चिम नवलपरासी, धादिङ, सुर्खेतलगायत देशका अन्य जिल्लाहरुमा पनि प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन गरिएको थियो । बहुमत प्राप्त पार्टीको नेतृत्वलाई पार्टीभित्रैबाट असहयोग गर्न नहुने भन्दै देश समृद्धितिर लम्किरहेको अवस्थामा बाह्यशक्तिको चलखेलले पार्टीभित्रै जरा गाड्न लागेकोले पार्टीका अन्य शीर्ष नेताहरुले पार्टीलाई जनताले दिएको मतको कदर गर्नुपर्ने आवाज उठाएका थिए ।

प्रचण्डकै जिल्लामा ओलीको समर्थन

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पाइँदैन भन्दै आज भरतपुरको चौविसकोठीमा युवा तथा विद्यार्थीले प्रदर्शन गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा उनिहरुले प्रदर्शन गरेका हुन् ।

पार्टीभित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग भइरहेका बेला समर्थक युवा विद्यार्थीले दुवै पदबाट ओलीलाई हटाउन नहुने भन्दै भरतपुरको चौविसकोठीमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलीलाई, हाम्रो समर्थन ओलीलाई’, ‘ओली सिध्याउन किन यत्रो जोड, भारतीय विस्तारवाद/दलाल नेपाल छोड’ जस्ता नारा अंकित प्ले कार्ड बोकेर प्रर्दशन गरेका थिए ।

भरतपुरको चौविसकोठीदेखि चितवन मेडिकल केलजसम्म सडक किनारमा प्रर्दशन गरिएको हो । प्रर्दशनमा ठूलो संख्यामा युवा विद्यार्थीको सहभागिता रहेको थियो । देश कोरोना महामारीविरुद्ध लडिरहेको अवस्थामा सरकारलाई सहयोग गर्नुपर्ने उनीहरुको भनाइ छ ।

उठ्यो पश्चिम नवलपरासी 

पश्चिम नवलपरासीको बर्दिघाटमा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा आज बृहत खवरदारी र्याली निस्किएको छ ।

उक्त प्रधानमन्त्री ओलीको समर्थनमा हजारौं युवा तथा नागरिक सडकमा उर्लिएका छन् । नेकपाको स्थायी कमिटीमा कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको नेतृत्वमा माधबकुमार नेपाल, झलनाथ खनाल, बामदेश गौतमसहितका नेताले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले दुवै पदबाट राजिनामा दिनुपर्ने बताएपछि जनता आक्रोसित भएका हुन् ।

स्वतफूर्त रुपमा हजारौंको संख्यामा आएका स्वतन्त्र नागरिकले बर्दिघाटमा गरेको प्रदर्शनका क्रममा नेपालका भारतीय दलाल मुर्दावाद, सत्य मेव जायते की सिंह मेव जयते, प्रधानमन्त्री ओली आजको लागि हैन, भोलीको लागि, लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो हो, राष्ट्रिय स्वाधिनताको विरोधी होसियार, मान्छेको सान बोलिले, नेपालको सान ओलीले, सरकार फेर्न खोज्ने भारतीय मतियार जनता जाग्दैछन् होसियार, नागरिकता विधेयक पारित गर, देश बेच्न पाइदैन, ओली फाल्न पाईदैन, भारतीय दलाल होसियार, राजनीतिक स्थिरता कायम गर, बैदेशीक हस्तक्षेप वन्द गर लगायतका राष्ट्रिय भावले ओतप्रोत भएका नाराहरु लगाईएको थियो ।

नेकपामा कुर्सीको लडाई चरम उत्कर्षमा पुगेसँगै प्रधानमन्त्री ओलीको पक्षमा देशभरका स्वतन्त्र नागरिक सडकमा जनसागर सहित उर्लिएका छन् । देशभर प्रधानमन्त्री ओलीको समर्थनमा जनसागर ओर्लिएसँगै नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहितका नेतालाई भारतीय गोटी भएको समेत आक्रोस व्यक्त गरेका छन् । त्यती मात्र नभई अध्यक्ष प्रचण्डकै गृह जिल्ला चितवनमा प्रधानमन्त्री ओलीको समर्थन गर्दै अध्यक्ष प्रचण्डविरुद्ध कडा रुपमा वृहत्त प्रदर्शन भएको छ । योसँगै प्रचण्डमा नैतिक प्रश्न समेत खडा भएको छ ।

पृथ्वीराजमार्ग जनसागर 

देशभर स्वतस्फूर्त प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थकको जनसागर उर्लिरहेको अवस्थामा धादिङमा भने बजार र चोकमा मात्र नभई मुख्य राजमार्गमा नै वृहत्त जनप्रदर्शन भएको छ ।

जिल्लाको मुख्य राजमार्ग पृथ्वी राजमार्ग अन्तरगत थाक्रेगाउँपालीकाको महादेववेशी बजारमा प्रधानमन्त्री ओलीको समर्थनमा हजारौं युवा तथा नागरिक सडकमा उर्लिएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीमा कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको नेतृत्वमा माधबकुमार नेपाल, झलनाथ खनाल, बामदेश गौतमसहितका नेताले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले दुवै पदबाट राजिनामा दिनुपर्ने बताएपछि जनता आक्रोसित भएका हुन् ।

स्वतफूर्त रुपमा हजारौंको संख्यामा आएका स्वतन्त्र नागरिकले राजमार्गमा गरेको प्रदर्शनका क्रममा नेपालका भारतीय दलाल मुर्दावाद, सत्य मेव जायते की सिंह मेव जयते, प्रधानमन्त्री ओली आजको लागि हैन, भोलीको लागि, लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो हो, राष्ट्रिय स्वाधिनताको विरोधी होसियार, मान्छेको सान बोलिले, नेपालको सान ओलीले, सरकार फेर्न खोज्ने भारतीय मतियार जनता जाग्दैछन् होसियार, नागरिकता विधेयक पारित गर, देश बेच्न पाइदैन, ओली फाल्न पाईदैन, भारतीय दलाल होसियार, राजनीतिक स्थिरता कायम गर, बैदेशीक हस्तक्षेप वन्द गर लगायतका राष्ट्रिय भावले ओतप्रोत भएका नाराहरु लगाईएको थियो ।

समर्थनमा उर्लियो सुर्खेत

सुर्खेतमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रर्दशन भएको छ । सत्तारुढ दल नेकपाभित्र अन्तरद्वन्द्वका बीच प्रधानमन्त्री ओलीको समर्थनमा युवाहरुले प्रदर्शन गरेका हुन् । वीरेन्द्रनगरस्थित मङ्गलगढी चोकबाट शुरु गरिएको प्रदर्शन बजार परिक्रमा गरेको थियो ।

प्रर्दशनमा ठूलो सङ्ख्यामा युवाहरुको सहभागिता रहेको थियो । पार्टीभित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग स्थायी समितिमा उठिरहेका बेला उहाँको समर्थनमा युवा तथा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले दुवै पदबाट ओलीलाई हटाउन नहुने भन्दै प्रदर्शन गरेका थिए ।

Comments

Top