श्रीषाको ‘के यो माया हो’ बजारमा

Shrisha

काठमाडौं । पछिल्लो समय चर्चा बटुलिरहेकी गायिका श्रीषा कुवँरको आवाजमा कभर गीत ‘के यो माया हो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रोमाण्टिक भर्सनको यस गीत साँचो माया प्रेममा डुबिरहेका प्रेमिल जोडीको कथा बस्तुलाई समेटिएको छ । प्रेमीहरु एक अर्का को साथबिना कति अधुरो छ भन्ने कुरा गीतको भावमा झल्किन्छ । आफनो मायालुको यादमा जीवन समपर्ण गर्नका लागि आफु तड्पिएको कुरा गीतमा गरिएको छ । सो गीतमा हकुलेश बस्नेतको आवाज रहेको छ ।

तुला पर्वतको छायाँकन, सम्पादन तथा निर्देशन रहेको भिडियोमा चोखो माया गर्ने जोडीका लागि बनाइएको निर्माणपक्षको भनाइ छ ।

गीतमा प्रेम र रोमान्सलाई मिश्रण गरिएर आकर्षक रुपमा समेटिएको छ । गीतको मर्मअनुसार अभिनय तथा शारिरीक प्रस्तुती गायिका श्रीषाले गरेकी छन । गीतको भिडियोलाई वाइड स्क्रिन मिडियाले बजार ब्यावस्थापन गरेको हो ।

Comments

Top