नेकपा स्थायी समिति बैठक ११ बजे, एमसीसी र कोरोना संक्रमणबारे छलफल हुने

NEKAPA

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्ने भएको छ । विशेषगरी एमसीसी बारेको विवादका बारेमा छलफल गर्नका लागि आह्वान गरिएको बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाइएको छ ।

यसअघि पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीको कार्यव्यस्तता र स्वास्थ्यस्थितिका कारण दुईपटकसम्म स्थगित भएको स्थायी समितिको बैठक कम्तीमा सातामा एक पटक बस्नुपर्ने पार्टीको विधानमा रहेको छ । एमसीसीको बारेमा दलभित्र सहमति जुट्न नसक्दा मिति तोकेर पनि बैठक स्थगित हुँदै आएको स्रोतले जनाएको छ ।

आजको बैठकमा विशेषगरी एमसीसीका बारेमा स्थायी कमिटी सदस्यहरुको धारणासहित छलफल भई पार्टीको आधिकारिक धारणा निक्र्योल हुने अनुमान लगाइएकोछ ।

त्यस्तै देशमा पछिल्ला समयमा बढीरहेको कोरोना भाइरसको संक्रमणका बारेमा पनि छलफल हुने र लकडाउनको मोडालिटीको बारेमा पनि छलफल हुने जनाइएको छ ।

Comments

Top