नेपालको संविधान विधेयक प्रमाणिकरण, नयाँ नक्साले मान्यता पायो

bidhya-bhandari-naksa

काठमाडाैं । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रमाणिकरण गरेकी छिन् ।

लिम्पियाधूरा, लिपुलेकदेखि कालापानीसहितको भूभाग समेटिएको नेपालको नक्सा नेपालको निशान छापमा समावेश भएकाे छ। यससँगै  नेपालको नयाँ नक्साले संवैधानिक मान्यता पाएको छ ।

राष्ट्रियसभाबाट दुइतिहाइ बहुमतले पारित भएको उक्त विधेयक बिहीबार नै राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाइएको थियो । 

Image may contain: text

Comments

Top