बलिउड निर्देशक करण जोहरको घरमा काम गर्ने दुईजनालाई कोरोना संक्रमण

Karan copy

मुम्बई । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस भारतीय चलचित्रका निर्देशक करण जौहरको घरसम्म पुगेको छ । आप्mनो घरमा काम गर्ने २ जना कामदारमा कोरोना पोजेटिभ देखिएको करणले ट्वीटरमार्फत् सार्वजनिक गरेका छन् ।

करणले पोजेटिभ देखिएका दुवै कामदारलाई अस्पताल भर्ना गरिएको जनाएका छन् । उनीहरुलाई कोरोनाको लक्षण देखिएपछि छुट्टै क्वारेन्टाइनमा राखिएको पनि उनले बताए ।

उनले ट्वीटरमा लेखेका छन्, ‘हाम्रो पूरा परिवार र स्टाफ सबै तरिकाले सुरक्षित छौं, कसैलाई पनि केही लक्षण देखिएको छैन, हामी सबैले टेष्ट गराएका थियौं नेगेटिभ रिपोर्ट आएको छ, मैले आफू आगामी १४ दिनका लागि सेल्फ आइसोलेसनमा बस्ने निर्णय गरेको छु, मैले उनीहरु सकेसम्म सञ्चो हुने विश्वास लिएको छु ।’

यसअघि बलिउड अभिनेता किरण कुमारलाई कोरोना पोजेटिभ देखिएको थियो । उनी अहिले घरमै क्वारेन्टाइनमा बसीरहेको जनाइएको छ ।

Comments

Top