नेपालमा थप ९ मा संक्रमण, संक्रमित संख्या ५१६ पुग्योे

Corona_Test

काठमाडाैं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुर, मकवानपुर, सप्तरी र बाराका जम्मा ९ जनामा कोरोना संक्रमण देखिएको छ । 

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिअनुसार मकवानपुरकी ५४ वर्षीया १ महिला, भक्तपुरकी ४२ वर्षीया १ महिला, सप्तरी बलान  बहुल गाउँपालिकाका ३५ वर्षीय एक पुरूष र बारा सिम्रनगढका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरूषहरूमा कोरोना संक्रमण देखिएको छ । 

यससँगै नेपालमा जम्मा संक्रमित ५ सय १६ पुगेको मन्त्रालयले जनाएको छ । यसअघि बिहान ३० जना र दिउँसो २० जनामा संक्रमण देखिएको थियो ।

 

 

lllll

 

Comments

Top