थप १९ जनामा कोरोना संक्रमण, नेपालमा ५ सय ७ संक्रमित पुगे

1 Health

 

काठमाडौं । नेपालमा पछिल्लो अपडेटअनुसार १९ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै हालसम्म जम्मा ५ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसअघि आज (शुक्रबार) बिहान मात्र ३० जना कोरोना संक्रमित देखिएका थिए । हालसम्म ४० जिल्लामा संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित रुपमा आयोजना गर्दै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उक्त कुरा बताएका हुन् ।

बाँकेको सुशील कोइराला प्रखर अस्पताल बाँकेका नेपालगञ्ज उपमहानगरपालिका ८ का महिला ९ र पुरुष १२ जना गरी २१ जना डिस्चार्ज भएका छन् । यससँगै हालसम्म नेपालमा ७० जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।

 

Comments

Top