कोरोना आशंकित सुत्केरी महिलाको मृत्यु, स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी

dhulikhel

 

काभ्रे । कोरोना संक्रमणको आशंका गरिएको एक विरामीको मृत्यु भएपछि काभ्रेको धुलिखेल अस्पताल सिल गरिएको छ ।

धुलिखेल अस्पतालले विरामीमा कोरोना संक्रमण भए/नभएको प्रतिवेदन आउन बाँकी रहेको जनाएको छ ।

सिन्धुपाल्चोक बाह्रबिसेको ३० वर्षीय सुत्केरी महिलाको मृत्यु भएपछि अस्पताल आज विहान सिल गरिएको हो ।

शिक्षण अस्पताल काठमाडौंमा आठ दिन अघि सुत्केरी भएकी घर फर्केपछि ति महिला विरामी परेकी थिइन् ।

उनमा कोरोना संक्रमण मिल्दो लक्षण देखिएपछि केही दिन अघि धुलिखेल अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

 

Comments

Top