टिचिङका कर्मचारीमा कोरोना संक्रमण, दाङ स्थायी घर भएका व्यक्तिलाई संक्रमण

teaching

दाङ । शुक्रबार दाङका व्यक्तिमा देखिएको भनिएको कोरोना भाइरसबाट संक्रमित व्यक्ति टिचिङ अस्पतालका कर्मचारी भएको थाहा भएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा दाङका ३ व्यक्तिमा कोरोना संक्रमित भएको जनाइएको छ । ती मध्ये दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ खर्चवा गाउँका ३४ वर्षीय कोरोना संक्रमित व्यक्ति काठमाडौंस्थित टिचिङ अस्पतालका कर्मचारी भएको खुलेको छ।

लामो समयदेखि काठमाडौं बस्दै आएका उनले परीक्षण गराउँदा आफ्नो ठेगाना दाङ तुलसीपुर राखेको अस्पताल स्रोतले जनाएको छ ।

त्यस्तै अन्य २ संक्रमित व्यक्ति भारतबाट दाङ आएका युवाहरु रहेको पनि जनाइएको छ । नेपालमा हालसम्म २ सय ६७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ भने ती मध्ये ३६ जना निको भइसकेको पनि जनाइएको छ ।

 

Comments

Top