खतरामा काठमाडौंः महानगरका ३१ कर्मचारीमा एन्टीबडी पोजेटिभ

KTM

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र सरसफाई गने ९ सय ३२ जनाको आरडीटी गरेको छ ।

राष्ट्रिय प्रयोगशाला टेकुमा शुक्रबार गरिएको परिक्षणमा ३१ जना कर्मचारीको कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको जनाइएको छ ।

९ सय ३२ मध्ये १६ पुरुष र १५ महिलामा आरडीटी एन्टीबडी पोजेटिभ देखिएको महानगरका एक कर्मचारीले बताए ।

अहिले ती ३१ जना कर्मचारीलाई महानगरको क्वारेन्टाइनमा राखिएको छ र उनीहरु सबैको पिसिआर परीक्षण गर्ने तयारी गरिएको छ।

 

Comments

Top