दहचोकका एक बालकसहित थप ३ मा कोरोना संक्रमण, २४९ पुगे संक्रमित

Mynews_1

 

काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाका सात वर्षीय बालकसहित ३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अन्य संक्रमित जनकपुर र धादिङका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमण देखिनेमा राजधानी दहचाेकका बालकसहित जनकपुरका १७ वर्षीया युवती र धादिङकी एक महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा संक्रमितको संख्या २ सय ४९ पुगेको छ । त्यसमध्ये ३५ जना उपचारपछि घर फर्किसकेका छन् ।

Comments

Top