२५० पुगे नेपालमा कोरोना संक्रमित, आज थप ७ मा संक्रमण

Mynews_1

 

काठमाडौं । पछिल्ला दिनमा अत्याधिक संक्रमित संख्या देखिएको नेपालमा बिहीबार थप ७ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सर्लाही, जनकपुर, महोत्तरीमा गरी ५ जना नयाँ संक्रमित देखिएका छन् भने त्यसअघि बिहीबार नै थप २ जनामा संक्रमण देखिएको थियो । 

पछिल्लो पटक कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार पनि चन्द्रागिरि नगरपालिकाकै मच्छेगाउँमा ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको छ । ती मध्ये ३५ जना उपचारपछि घर फर्किसकेका छन् ।

250

 

 

Comments

Top