नवलपरासी बन्यो कोरोना संक्रमित २३ औं जिल्ला, हेर्नुहाेस् नेपालका कुन कुन जिल्ला बने कोरोना संक्रमित ?

nawal

काठमाडौं । पछिल्ला दिनमा अत्याधिक संक्रमित संख्या देखिएको थप २४ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै नेपालमा कोरोना संक्रमित नयाँ जिल्ला नवलपरासी पनि थपिएको छ । यससँगै नेपालमा २३ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज नवलपरासीकी एक ३६ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार रूपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा गरी आज मात्र थप २४ जना संक्रमित देखिएका हुन् ।

रूपन्देहीका २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, ४१ वर्षका पुरूष, ४, १०, २८ वर्षीया महिला, कपिलवस्तुका २२, २९, ३२, ४०, ४०, ४०, ४२, ४२ वर्षका पुरूष, पर्साका ३६ र ७४ वर्षका पुरूष र ३६ वर्षीया महिलाका साथै नवलपरासीकी ३६ वर्षीय एक पुरूषमा कोरोना संक्रमण देखिएको जनाइएको छ ।

यसअघि पर्सा, उदयपुर, कपिलवस्तु, बाँके, रुपन्देही, काठमाडौँ, मोरङ, धादिङ, कैलाली, बारा, धनुषा, रौटहट, बागलुङ, चितवन, झापा, महोत्तरी, भक्तपुर, बर्दिया, भोजपुर, कञ्चनपुर, सप्तरी र सर्लाही जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ ।

यसअघि उपचारपछि ३४ जना घर फर्केको जनाइएको छ । आज मात्र चितवनस्थित भरतपुर अस्पतालबाट एक महिला उपचारपछि घर फर्केकी थिइन् ।

 

Comments

Top