अस्पतालबाटै २ जना कोरोना संक्रमित भागे

narayani

 

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेको जनाइएको छ ।

संक्रमण देखिएपछि उपचारका लागि अस्पतालको आइसोलेसनमा बसिरहेका २ जना अहिले भर्खरै ४ बजेतिर अस्पतालबाट भागेको जनाइएको छ ।

उनीहरुको खोजीकार्य भइरहेको र प्रहरीसँग समन्वय गरिसकिएको जनाइएको छ ।

Comments

Top