देशभर सबै प्रकारका पास बन्द, सञ्चारकर्मीलाई सूचना विभागको परिचयपत्र अनिवार्य

home ministry

 

काठमाडौं । पछिल्ला दिनमा एक्कासी बढ्दै गएको कोरोना संक्रमणका कारण गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास बिहीबार देखिका लागि रद्द गरिएको बताइएको छ । मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको थियो ।

उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको गृहमन्त्रालयले जनाएको छ । अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको जनाइएको छ ।

सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २ सय ८ जना संक्रमित देखिएका छन् । ती मध्ये मंगलबार मात्रै ७४ जनालाई कोरोना संक्रमित देखिएको थियो ।

 

Comments

Top