म बाबुरामजस्तो बन्दुकको बलमा राजनीतिमा आएको मान्छे होइनः सांसद् बस्नेत

Mahesh-Basnet

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले समाजवादी पार्टीका अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई डन भनेकोमा आपत्ति जनाएका छन् ।

एक सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा सांसद् बस्नेतले नेपाल प्रहरीमा उच्च छवि बनाएका नवराज सिलवाल, सर्वेन्द्र खनालजस्ता अधिकारीहरुसँगका सहकार्यमा गुण्डागर्दी गर्नेदेखि लिएर राजनीतिक गुन्डागर्दी गर्नेलाई आफूले तह लगाएको बताएका छन् ।

पूर्वप्रधानमन्त्री जस्तो मान्छेले झुटो मुद्दा उचालेर मानसिक तनाब दिन लागेका भट्टराईलाई आफ्नो निर्वाचन क्षेत्रमा आएर चुनाव लड्न पनि बस्नेतले चुनौती दिए । तर, उनले भट्टराईको निर्वाचन क्षेत्रमा गएर चुनाव लडेर जित्ने दाबी समेत बस्नेतले गरे ।

सांसद बस्नेतले आफू भट्टराईजस्तो बन्दुक बलमा राजनीतिमा आएको नभई जनताको साथबाट राजनीतिमा आएको हुनाले स्वार्थनिहीत आरोपको सामना गर्न तयार रहेको पनि बताए ।

Comments

Top