शनिबार पुनः बस्ने गरी आजको नेकपा सचिवालय बैठक सम्पन्न

NEKAPA

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका बैठक भर्खरै सकिएको छ । बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएपनि कुनै पनि निर्णय नभएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । विगत केही दिनदेखि पार्टीमा देखिएको असमझदारीका बारेमा छलफल गर्नका लागि बैठक आह्वान गरिएको थियो ।

बुधबार साँझ ५ बजे आह्वान गरिएको बैठक ढिलो गरि ७ बजेतिर सुरु भएको जनाइएको थियो । बैठकले स्थायी कमिटी बैठक मागबारे निर्णय गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकपछि उनले भनेका छन्, ‘आज हाम्रो पार्टीको सचिवालय बैठकमा पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकता सुदृढीकरणको महत्व, सरकार र केही कमरेडहरुले माग गर्नु भएको स्थायी कमिटी बैठक र यससँग जेडिएका विविध पक्षबारे गम्भीर विचार विमर्श भयो र, छलफल जारी छ ।’
आगामी २० गते (शनिबार) सचिवालयको अर्को बैठक बोलाइएको पनि श्रेष्ठले बताए ।

 

Comments

Top