प्रमुख निर्वाचन आयुक्तमा सचिव थपलिया सिफारिस

dinesh kumar thapaliya

    काठमाडौं । संवैधानिक परिषद्ले निर्वाचन आयोगको प्रमुख आयुक्तमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियालाई सिफारिस गरेको छ ।

परिषद्को सोमबार बसेको बैठकले सचिव थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको हो । निवर्तमान प्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त इला शर्माले आइतबार मात्र अवकास पाएका थिए । रिक्त आयुक्त पदमा भने सिफारिस गरिएको छैन ।

त्यस्तै परिषद्ले समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझालाई नियुक्त गर्न सिफारिस गरेको छ । यादवले अवकाश पाएपछि रिक्त रहेको प्रमुख निर्वाचन आयुक्त पदमा सिफारिस गर्न दिउँसो ३ बजे परिषद्को बैठक बसेको थियो ।

Comments

Top