वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने गतिविधि भइरहेको छ: प्रधानमन्त्री ओली

K-P-oli

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने गतिविधि भइरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले देशको काँचुली फेर्ने अठोटका साथ अघि बढ्दै गर्दा लोकतन्त्रका सामु केही नकारात्मक प्रवृत्ति प्रतिबिम्बित भएको बताए ।

 ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विकास निर्माणमा बाधा हाल्ने र वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने गतिविधि भइरहेको भन्दै सचेत रहन सबैलाई आग्रह गरे ।

लिखित मन्तव्य वाचनका क्रममा प्रधानमन्त्री ओलीले यस्ता गतिविधि गर्नेहरु विरुद्ध सरकार कडाइका साथ प्रस्तुत भई सख्त कानुनी कारबाही हुने वताए ने ।

प्रधानमन्त्री ओलीले द्वन्द्व व्यवस्थापनको सन्दर्भमा आफ्ना समस्या आफैं हल गर्न सक्ने क्षमता प्रदर्शित भएको बताए ।

 

Comments

Top