logo

समयमै कार्यालय नगए कारबाही हुने

भारतः भारतीय सरकारले आफ्ना कर्मचारीलाई समयमै कार्यालय आउन उर्दी जारी गरेको छ । सरकारले आफ्ना कर्मचारीलाई समयमा कार्यालय आउन सार्वजनिक सूचना गर्दै नत्र कारबाही गरिने जनाएको छ । मङ्गलबार एक सार्वजनिक सूचना जारी गर्दै सरकारले समयमै कार्यालय नआएमा उनीहरुको समयको मापनसम्बन्धी कडा विधि अपनाई त्यसैका आधारमा कारबाही गरिने बताएको हो ।india सोमबार सबै विभागका लागि भन्दै केन्द्रीय सरकारद्वारा जारी गरिएको सूचनामा भारतीय सरकारी सेवाका कर्मचारीहरु समयमा कार्यालय नआउने गरेको गुनासो विगत लामो समयदेखि सुनिने गरेकोले यसलाई कडाइका साथ अनुगमन गरिने पनि जनाइएको छ । सरकारी सेवाका सबै तहका कर्मचारीहरुमा समयको नियमितताका बारेमा कडा निगरानी राखिने र समयलाई ख्याल नराख्ने कर्मचारीमाथि अनुशासनको कारबाही गरिने बताइएको छ । भारत सकारले हालैमात्र देशव्यापी रुपमा बायोमेट्रिक हाजिरी प्रणाली लागू गरेको पनि जनाएको थियो ।

Comments

Top